काठमाडौं । सरकारले बिमा क्षेत्रको नियमन, व्यवस्थापन र पारदर्शिता बढाउने उद्देश्यले बिमा नियमावली, २०८० लागू गरेको छ । नेपाल सरकारले स्वीकृत गरेको बीमा नियामावली राजपत्रमा प्रकाशित भएको छ । लामो समयपछि मन्त्रिपषिद्ले स्वीकृत गरेको नियामावली राजपत्रमा आएको हो । माघ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले बिमा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको हो ।
नयाँ नियमावलीले बिमा प्राधिकरणलाई थप व्यवस्थित बनाउने छ । बिमा ऐन, २०७९ को आधारमा जारी गरिएको नयाँ नियमावलीले बीमक, पुनर्बिमक, बिमा मध्यस्थकर्ता, तेस्रो पक्ष सहजकर्ता, बिमा सेवा प्रदायक तथा बिमितहरू र अभिकर्तालाईका लागि कानुनी व्यवस्था गरिएको हो ।
नियमावलीले बीमित आफै प्रत्यक्ष रूपमा बीमा गर्न आएमा बीमकले कमिशनको पचास प्रतिशतले हुन आउने रकम बीमा शुल्कमा छुट दिनु पर्ने व्यवस्था गरेको छ । नियमावलीमा उपनियम (१) बमोजिमको कमिशनको पचास प्रतिशतले हुन आउने रकम बीमा शुल्कमा छुट दिनु पर्ने व्यवस्था रहेको छ । साथै निरन्तर सेवा प्रवाह गरेको व्यक्तिलाई जीवन बीमकले लोयल्टी इन्सेन्टिभका रूपमा सुविधा प्रदान गर्न सक्ने व्यवस्था नियामावलीमा रहेको छ ।
नियमावली अनुसार जोखिम न्यूनीकरणका लागि छुट्टै जोखिम व्यवस्थापन सीमित रहनेछ जसले बीमकहरूको वित्तीय स्थायित्व सुनिश्चित गर्नेछ । व्यवस्थापन समूह गठन गरी त्रैमासिक रूपमा बिमा बजारको अनुगमन, अध्ययन तथा नीति निर्माण गरिने नियमावलीमा व्यवस्था गरिएको छ ।
नयाँ बिमा कम्पनी खोल्नका लागि प्राधिकरणबाट पूर्वस्वीकृति लिनु पर्नेछ । आवश्यक पुँजी संरचना, वित्तीय विवरण तथा व्यवसायिक योजना पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । शाखा विस्तार तथा विदेशी लगानीका लागि पनि प्राधिकरणबाट विशेष स्वीकृति आवश्यक पर्ने नियमावलीमा व्यवस्था गरेको छ।
बीमा नियामावलीमा बीमा अभिकर्ताको कमिशन तथा प्रोत्साहन(इन्सेन्टिभ)मा जीवन बीमामा अनूसूची ९ बमोजिम र निर्जिवन बीमामा बीमाशुल्कको पाँच प्रतिशत र लघुबीमा र स्वास्थ्य बीमामा प्राधिकरणले निर्धारण गरे बमोजिम हुने व्यवस्था तय गरेको छ ।
नियामावलीमा बीमा अभिकर्ताको कमिशन रकमको अत्तिरिक्त जीवन बीमाको प्रथम बीमाशुल्कमा प्रति अभिकर्ता प्राधिकरणले निर्धारण गरेको सीमाभन्दा बढी नहुने गरी प्रोत्साहन(इन्सेन्टिभ) रकम प्रदान गर्ने व्यवस्था निर्धारण गरेको छ ।
तर संस्थागत बीमा अभिकर्तामार्फत हुने बीमा र नेपिाल सरकारले अनिवार्य गरेको बीमामा बीमा अभिकर्तालाई भने इन्सेन्टिभ नपाईने व्यवस्था गरिएको छ ।इन्सेन्टिभ रकम प्रदान गर्दा प्रत्येक अभिकर्तामार्फत् जारी भएको बीमालेखको नवीकरण अनुपातको आधारमा अनुसूची– १० मा उल्लेख भए बमोजिमको रकम कट्टा गरेर मात्र भुक्तानी गर्नु पर्ने व्यवस्था गरिएको छ।
नियामावलीमा बीमा अभिकर्ताले आर्जन गरेको कमिशन तथा इन्सेन्टिभ बीमकले बीमा अभिकर्ताको इजाजतपत्र बहाल नरहेको अवस्थामा समेत निजलाई प्रदान गर्नु पर्ने उल्लेख गरिएको छ।
साथै बीमा अभिकर्ताले आर्जन गरेको कमिशन बीमकले बीमा अभिकर्ताको मृत्यु भएको अवस्थामा निजको सगोलको पति वा पत्नी, छोराछोरी वा बुवाआमालाई प्रदान गर्नुपर्ने नियामावलीमा व्यवस्था गरिएको छ।