प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २ लाख २१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक सेयरधनी माउन्टेन इन्फ्रा कम्पनीको स्वामित्वमा रहेको २ लाख २१ हजार ६५० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो ।

यसअघि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले अन्य व्यक्ति तथा कम्पनीका लागि यो सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र काठमाडौंको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

प्रतिक्रिया

हेडलाइन्स