काठमाडौं । नेपाल बीमा प्राधिकरण चार उपनिर्देशक निर्देशकमा बढुवा भएका छन् ।
बीमा कम्पनीको नियामक निकायसर्वोच्च नियामक निकाय नेपाल बीमा प्राधिकरणका चार जना उप निर्देशकहरु निर्देशकमा बढुवा भएका छन् ।
प्राधिकरणको बढुवा समितिले शुक्रबार चार उप निर्देशकलाई निर्देशकमा बढुवा सिफारिस गरेको हो ।
बढुवा हुने निर्देशकहरूमा ध्रुव तिमल्सिना, कुन्दन सापकोटा, साम्भराज लामिछाने र निर्मल अधिकारी सिफारिस रहेका छन् ।
प्राधिकरणमा निर्देशककलाई सह–सचीव सरह मानिन्छ । चारजनाको बढुवा संगै प्राधिकरणमा निर्देशकको संख्या ६ पुग्नेछ ।
नेपाल बीमा प्राधिकरणको निर्देशकमा ९ जना सम्भाव्य उम्मेदवारको कार्य सम्पादन मूल्यांकन, जेष्ठता शैक्षिक योग्यता र तालिम वापत प्राप्त गरेको कूल अंकको आधारमा सबैभन्दा बढी अंक प्राप्त उम्मेदवारलाई निर्देशकमा सिफारिस गर्न पदपूर्ति समितिलाई सिफारिस गरेको हो ।
केही दिन अघि मात्रै सुशिलदेव सुवेदी कार्यकारी निर्देशकमा बढुवा सिफारिस भएका थिए ।
सरकारले प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया पनि अघि बढाएको छ, जसमा १२ जनाको आवेदन परेको छ ।