आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १४ करोड ३० लाख

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्म कम्पनीले १४ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा २२.१४ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले १८ करोड ३७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म कम्पनीले ५० करोड ८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको सोहि अवधिको तुलनामा २.२३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ५१ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

पुष मसान्तसम्म कम्पनीले १ अर्ब ४४ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको सोहि अवधिको तुलनामा १२.६६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब २७ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधीमा कम्पनीको महाविपत्ति कोषमा ८ करोड ६१ लाख रुपैयाँ, विशेष जगेडामा १ अर्ब ७५ करोड १४ लाख रूपैयाँ रहेको छ ।

३ अर्ब २ करोड ९३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ३६ करोड ६५ लाख रुपैयाँ र अन्य इक्विटीमा ५५ करोड ६ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ९.४५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९०.९४ रुपैयाँ, पीई रेसियो ६०.८१ गुणा रहेको छ ।

 

 

प्रतिक्रिया

हेडलाइन्स