काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि जारी गरेको आईपीओ बाँडफाँट गरेको छ ।
कम्पनीले जारी गरेको २ लाख २५ हजार कित्ता सेयर आज माघ २९ गते बाँडफाँट गरेको हो ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३०% ले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर अंकित मूल्य १०० रूपैयाँ दरका कूल २२ लाख ५० हजार कित्ता साधारण सेयर मध्ये १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो ।
नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि कम्पनीले माघ ८ गते देखि माघ २२ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।
उक्त अवधिभर प्राप्त हुन आएको रितपूर्वक ४५,९०६ आवेदनहरु मध्ये जम्मा २२,५०० जना आवेदकहरुलाई ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ मा भएको व्यवस्था को अधिनमा रहि माघ २९ गते निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको परिसरमा बाँडफाँट गरिएको हो ।