सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ६ करोड ८८ लाख

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको पुष महिनासम्म कम्पनीले ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोहि अवधिको तुलनामा ६७.२१ प्रतिशतले कम हो। अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले २० करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

पुष मसान्तसम्म कम्पनीले ७१ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको सोहि अवधिको तुलनामा ९.६५ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ७९ करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

अघिल्लो आवमा १ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेकोमा चालु आवमा बढेर १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

२ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको स्पेशल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा ६३ करोड रुपैयाँ र महाविपत्ति कोषमा १९ करोड रुपैयाँभन्दा बढी सञ्चित गरेको छ।

कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ११ करोड ६३ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ११ करोड ८९ लाख खर्चिएको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ५.०२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४५.१८ रुपैयाँ, पीई रेसियो १४३.१७ गुणा रहेको छ ।

प्रतिक्रिया

हेडलाइन्स