काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको पुष महिनासम्ममा कम्पनीले २५ करोड ३ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ५६.५५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले १५ करोड ९८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले ४ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यो गत आवको सोहि अवधिको तुलनामा १६.५३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ३ अर्ब ५७ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको कुल आम्दानी गत आवमा ५ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा चालु आवमा बढेर ६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, कम्पनीको कुल खर्च ५ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको कुल खर्च ५ अर्ब ८ करोड रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीले ४ अर्ब ८५ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ४ अर्ब ४६ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको थियो।
कम्पनीको महाविपत्ती कोषको आकार २५ करोड २२ लाख रुपैयाँ र रिटेन्ड अर्निङ ५६ करोड ३७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४.७२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२६.२३ रुपैयाँ र पीई अनुपात ४८.०५ गुणा कायम भएको छ ।