काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्म कम्पनीले २३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ८६.७८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले १२ करोड ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब १८ करोड १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको सोहि अवधिको तुलनामा २३.६९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले २ अर्ब ५७ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको सोहि अवधिको तुलनामा २३.६३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले २ अर्ब ७३ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
गत आवमा कम्पनीको जीवन बीमाकोषमा ११ अर्ब ९७ करोड रुपैयाँ रहेकोमा चालु आवमा बढेर १६ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ।
३ अर्ब ९३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियम १ अर्ब ५५ करोड रुपैयाँ, रिटेन्ड अर्निङ ८३ करोड ८० लाख रुपैयाँ र महाविपत्ति कोषमा १९ करोड २८ लाख रुपैयाँ सञ्चित रहेको छ।
समिक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ११.७३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८१.८२ रुपैयाँ, पीई रेसियो ५९.२४ गुणा रहेको छ ।