हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ३७ करोड ६२ लाख, ईपीएस कति ?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्म कम्पनीले ३७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ८.७३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ३४ करोड ६० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ८ अर्ब ६ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा २.१३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ७ अर्ब ८९ करोड २५ लाख रूपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको अन्य प्रत्यक्ष आम्दानी १ करोड ८२ लाख ,लगानी तथा कर्जा आम्दानी २ अर्ब ८९ करोड र बीमितलाई प्रदान गरिएको कर्जाबाट ४४ करोड ६८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

कम्पनीको अन्य आम्दानी १ करोड ४ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी १२ अर्ब २१ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवसम्म भने कम्पनीको कुल आम्दानी १० अर्ब ९७ करोड रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ९ अर्ब ८९ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ७.४९ प्रतिशतले बढी हो ।

कम्पनीको चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषको आकार ७० अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुगेको छ।

कम्पनीको कुल खर्च ६.५८ प्रतिशतले बढेर ११ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ४६ करोड ९ लाख र रिटेन्ड अर्निङ २ अर्ब १३ करोड रुपैयाँबराबर रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.३८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३०.२१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०५४.६७ रुपैयाँ, पीई रेसियो ४८.१७ गुणा कायम भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स