आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।

कम्पनीको माघ २३ गते बसेको सञ्चालक समिति बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैठकले हाल कायम चुक्ता पुँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार ६४० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

हेडलाइन्स