सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बम्पर लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ ।

कम्पनीको माघ २१ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

हेडलाइन्स