काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ५० करोड ३० लाख ९० हजार रुपैयाँको हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार कम्पनीले १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नेछ ।
हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । उक्त सेयरमा लगानीकर्ताले फागुन २८ गते सम्म आवेदन दिन सक्ने छन् ।
उक्त सेयरमा बिक्री प्रबन्धक सानिमा क्यापिटल नक्साल काठमाडौं र नेको इन्सुरेन्सको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।