बीमा प्राधिकरणको अध्यक्षमा १२ जनाको आवेदन, क-कसले दिए ?

काठमाडौं । बीमा प्राधिकरणको अध्यक्षमा १२ जनाको आवेदन परेको छ । प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको थियो ।

आज अपरान्हसम्ममा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको हो ।

प्राधिकरणको अध्यक्ष पदमा आवेदन दिनेहरुमा बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाई, प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी, नेपालका सरकारका पूर्व सचिव रामशरण पुडासैनी , स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक डा.दामोदार बसौला रहेका छन् ।

त्यस्तै, अन्यमा डा.देवराज रोका, शरद ओझा, बुद्व काजी श्रेष्ठ, डिम प्रसाद पौडेल, विक्रान्त पाण्डे, रमण नेपाल,बिष्णु बाबु मिश्र र विनोद काजी श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया

हेडलाइन्स