रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा १९ करोड ९३ लाख

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्मा कम्पनीले १९ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ६६.९९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ११ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब १२ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १०.११ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ९३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीले १ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले १ अर्ब १ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको सेयर प्रिमियममा १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १८ करोड ७६ लाख रुपैयाँ, सञ्चित नाफा ९१ करोड ३८ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ६ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार ३५.३५ प्रतिशतले वृद्धि भएर १० अर्ब ८३ करोड रूपैयाँ पुगेको छ ।

४ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १७.१९ रुपैयाँ, प्रति सेयर नेटवर्थ १६२.९९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स