हिमालयन रि इन्स्योरेन्सको नाफा २२ करोड ६३ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको असोजमसान्तसम्म २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २९.१६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले १७ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ९२ करोड ४४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १०.९४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ८३ करोड ३२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले ४९ करोड ७२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १३.७२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ४३ करोड ७२ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब २४ करोड ९७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १ करोड ७७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।

असोज महिनासम्म कम्पनीले ८८ करोड ७१ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७६ करोड ७४ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको सेयर प्रिमियमा ३ अर्ब १८ करोड रुपैयाँ, विशेष कोषमा १ अर्ब ३० करोड ७७ लाख रुपैयाँ, महाविपत्ति कोषमा १३ करोड २१ लाख रुपैयाँ, सञ्चित नाफा ८१ करोड ९५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ करोड १६ लाख रुपैयाँ रहेको छ ।

१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.७१ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १५९.१६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०३.५६ गुणा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स