काठमाडौं । निजगढ अन्तराष्ट्रिय विमानस्थनको निर्माण कार्य अघि बढाउन संसदीय समितिले निर्देशन दिएको छ । आज बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले निर्माण कार्य यथाशीघ्र अघि बढाउन भनेको हो ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई बोलाएर छलफल गरी विमानस्थल निर्माण कार्य बढाउन निर्देशन दिएको छ ।
बैठक पछि राष्ट्रिय महत्व सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शीघ्र अघि बढाउन नेपाल सरकार र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको समितिले जनाएको छ ।
यस विमानस्थलमा विभन्न तहतको तर्कहरु आइरहँदा संसदीय समितिको समेत निर्देशन आएको हो ।
पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा गठित समितिले विमानस्थल निर्माण गर्न सकिने बताएको थियो । निर्माणको मोडालिटी समेत तय गरेको थियो ।