अन्ततः सामाजिक सञ्जालले सरकारलाई तिर्यो साढे ४१ करोड कर

काठमाडौं । अन्तत माइक्रोसफ्ट, गुगल, मेटा, टिकटक, एडोबी, नेटफ्लिक्स, अमेजन, एप्पलजस्ता विश्वका ठूला सामाजिक सञ्जाल एवं सूचना प्रविधि कम्पनीले सरकारलाई साढे ४१ करोड कर तिरेका छन् ।

गत आर्थिक वर्ष २०८०\८१ मा नेपालमा विद्युतीय सेवा उपलब्ध गराएर एक वर्षमा ती कम्पनीहरू पौने ३ अर्ब रुपैयाँ कारोबार गरेका छन् । ती कम्पनीहरूले नेपालमा कारोबारबापतसाढे ४१ करोड कर तिरेका हुन् । एकअमेरिकी कम्पनीमात्रै १ अर्ब ३१ करोड रुपैयाँसम्म कारोबार गरेको छ ।

ती कम्पनीले सरकारलाई ३५ करोड ८५ लाख ४४ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) र ५ करोड ८१ लाख ७५ हजार रुपैयाँ विद्युतीय सेवा कर तिरेका हुन् । भ्याट र विद्युतीय सेवा कर गरी ग्लोबल टेक कम्पनीबाट सरकारले कुल ४१ करोड ६७ लाख १९ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

प्रतिक्रिया

हेडलाइन्स