काठमाडौं । चर्चित मोबाइल ब्रान्ड मोटोरोला नेपाली बजारमा आधिकारिक रूपमा प्रवेश गरेको छ । आज बिहीबार सीजी मोबाइलले यो ब्रान्ड नेपाल भित्र्राएकोे हो । काठमाडौंको भिभान्ता होटलमा आयोजित विशेष कार्यक्रममार्फत चौधरी ग्रुपले यो ब्राण्ड आधिकारिक रुपमा भित्र्याएको हो ।
उक्त कार्यक्रमम विभिन्न रेन्ज, कलर र बजेट अनुसारका मोटोरोला स्मार्टफोन सार्वजनिक गरिएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र भारत अफलाइन तथा सार्क देशका प्रमुख विपिन रैनाले मोटोरोला ब्रान्डका मुख्य विशेषताहरु प्रस्तुत गरे ।
मोटोरोला स्मार्टफोनहरुमा कुनै ब्लोटवेयर नहुने, छिटो र सहज प्रयोग गर्न सकिने, शुद्ध एन्ड्रोइडको अनुभव पाइने कम्पनीको भनाइ छ ।
शुद्ध एन्ड्रोइड अनुभव – मोटोरोला स्मार्टफोनहरुमा कुनै bloatware नहुने, छिटो र सहज प्रयोग गर्न सकिने एन्ड्रोइडको अनुभव पाइन्छ।
• प्रभावशाली फिचरहरु – शक्तिशाली RAM, ठूलो स्टोरेज र अग्रिम क्यामेरा फिचरले मोटोरोला स्मार्टफोनलाई उत्कृष्ट बनाउँछ, र त्यो पनि उत्कृष्ट मूल्यमा ।
• मजबुत निर्माण – मोटोरोला स्मार्टफोन पानी प्रतिरोधी र बलियो डिजाइन सहित आउने भएकाले लामो समयसम्म टिकाउ हुन्छ ।
• नवीन प्रविधि – फोल्ड गर्न मिल्ने डिस्प्लेदेखि तात्कालिक प्रविधिसम्म, मोटोरोलाले सधैँ नयाँ प्रविधि ल्याउँदै आएको छ।
नेपालका लागि विशेष मूल्य – नेपाली बजारलाई ध्यानमा राख्दै उचित मूल्यमा प्रिमियम फिचरहरू प्रदान गरिनेछ।