आकर्षण बन्दै गैरहेको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी प्रमुखमा आवेदन खुल्यो

काठमाडौं । नेपालल सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदको लागि आवेदन माग गरेको छ । योग्यताको मापदण्ड तोकेर आज आवेदन माग गरेको हो ।

नेपाल सरकारले नेपालमै नोट छपाईदेखि अन्तशुल्क स्टीकर समेत छाप्ने तयारी गरिरहेको छ । जस कारण सुरक्षण मुद्रण केन्द्र आकर्षित बन्दै गैरहेको छ । नेपालमा छपाइ मेसिन समेत आयत भैसकको छ । तर विविध कारण अन्तशुल्क स्टीकर र नोट छपाइको काम भने हुन सकिरहेको छैन ।

संचार तथा सूचना प्रविधि मन्त्रालय मातहतको यस निकायको कार्यकारी प्रमुख हुन चाहने तथा योग्यता पुगेको उम्मेदवारले आवेदन दिन सक्नेछन् ।

कस्ता छन् योग्यता ?
कम्तीमा तीस वर्ष उमेर पूरा भएको,
मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, सूचना प्रविधि वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको ।

व्यवस्थापकिय तहमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको, “व्यवस्थापकीय तहू भन्नाले सरकारी सेवामा सहसचिव वा सोसरह वा सोभन्दा माथि वा सार्वजनिक संगठित संस्था वा निकायमा दशौं तह वा सोभन्दा माथि वा कानून बमोजिम दर्ता भएको कम्पनी र संस्थामा कार्यकारी निर्देशक वा प्रबन्ध निर्देशक वा सोभन्दा माथिको कार्यकारी पदमा रही काम गरेको अनुभवलाई जनाउनेछ ।

भविष्यमा सरकारी सेवा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आशिक स्वामित्व रहेको संस्थाको सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त नभएको,

भ्रष्टाचार, जबरजस्ती करणी, लैंगिक हिंसा, मानव बेचबिखन तथा ओसार पसार, लागू औषध, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण, संगठित अपराध वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको,
कुनै विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र वा नागरिकता नलिएको ।
प्रचलित कानून बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको ।

योग्यता पुगेका इच्छुक व्यक्तिले देहायका कागजातहरू संलग्न गरी सिफारिस समितिमा दरखास्त पेश गर्नुपर्नेछ
नियुक्ति हुन चाहेको व्यहोरा खुल्ने दरखास्त,

योग्यता तथा अनुभव समेत खुल्ने व्यक्तिगत विवरण,
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि । विदेशी शैक्षिक संस्थाको योग्यता भए समकक्षताको प्रमाणपत्र समेत,
अनुभव खुल्ने प्रमाणपत्रको प्रतिलिपि (सेवा अवधि खुल्ने गरी)

नेपाली भाषामा ब्द्ध क्ष्शभ कागजमा तयार गरिएको कम्तिमा ३००० देखि बढीमा ५००० शब्दको सिलबन्दी व्यावसायिक कार्ययोजना कम्प्यूटर टाइप गरिएको पहिलो पृष्ठको सबैभन्दा माथि आफ्नो नाम लेखिएको, अन्य पृष्ठको पश्च भागमा आवेदकले दस्तखत गरेको, अन्य अग्र पृष्ठमा कहिकतै पनि नाम वा आफूलाई चिनाउने कुनै संकेत नभएको साथै दरखास्तसाथ व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण समेत छुट्टै खाममा सिलबन्दी गरी दरखास्तसाथ पेश गर्नु पर्नेछ,
कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र नलिएको नभएको लगायतको विषयको स्वः घोषणा,
पदसँग सम्बन्धित अन्य कुनै कागजात भए सोको प्रतिलिपि ।

दरखास्त साथ पेश गरिएका नागरिकता, शैक्षिक योग्यता र कार्य अनुभवको प्रमाणपत्रको हकमा आवेदकबाट प्रमाणित भएको हुनुपर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स