पेट्रोलको मूल्य लिटरमै ४ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर ४ रुपैयाँले बढेको छ । मूल्य बढेसँगै आज राति १ बजेदेखि प्रतिलिटर पेट्रोल खरिद गर्नको लागि अब १७५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

यस अघि काठमाडौं उपत्यकामा प्रतिलिटर पेट्रोलको मूल्य १७१ रुपैयाँ थियो । पेट्रोलको मूल्य बढे पनि अन्यको मूल्य भने यथावत राखिएको निगमले बताएको छ ।

[embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2024/03/press-1-1.pdf”]

प्रतिक्रिया

हेडलाइन्स