एकैदिन तोलामा यति धेरैले बढ्यो सुनको मूल्य, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य २६ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ कायम आज २ हजार ६ सय रूपैयाँले बढेर १ लाख २७ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १५ सय २० रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर १५ सय ५५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स