घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ९ सय ५० मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले घटेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो  ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स