चीन बसेर व्यापार मात्रै होइन मान पनि पाएका राजकुमार

यिवु (चीन) । व्यवसाय गर्नु, पैसा कमाउनु जो कसैको पनि चाहना हुन्छ । विश्वभरिका मानिसहरु नै त्यहि कर्ममा हिडिरहेका छन् । तर पैसा र व्यवसाय सँगसँगै आदार, सम्मान र आफ्नो व्यक्तित्व पनि बन्यो भने सन्तुष्टि हुने ठाउँ त्यहाँ हुन्छ ।

काठमाडौंमा जन्मे हुर्केका राजकुमार खड्का अहिले चीनमा बसेर व्यपार गर्छन् । लामो समयदेखि चीनमै छन् । चीनसँग जोडिएर व्यवसाय गर्नेहरु पनि उनी मात्रै हैनन् । ठूलो देश चीनमा विभिन्न भूभागमा नेपालीहरु छन् । केहि चीन केन्द्रित नै व्यवसाय गर्छन् । नेपालसँग जोडिएर व्यपार गर्नेहरुको संख्या धेरै नै छ ।

सन् १९७० को दशकमा जन्मिएका खड्का काठमाडौँ अनामनगरमा बस्ने गर्छन् । उनका परिवारमा ब्यवसाय सुरु गर्ने उनी र उनका दाजु पहिलो पुस्ता हुन् ! उनका अन्य सबै आफन्त र काका भतिज वा दाजु भाइ सरकारी जागिरे नै छन् !

विशेषगरि उनका दाई व्यवसायमा जमेकोले उनीपनि दाईकै बाटो पच्छ्याए । त्यसैले पब्लिक युथ क्याम्पसबाट उत्तीर्ण भए लगत्तै उनी परिवारकै व्यवसायलाई अघि चाहनामा पूर्णकालिन अवद्ध भए ।

उनीहरुले बिक्रि वितरण गर्ने वस्तुहरु त्यस समयमा विशेषगरि छालाका सामानहरु थियो । बेल्ट, पर्स र छाता जस्ता वस्तुहरु उनीहरु बिक्रि वितरण गर्दै आएका थिए ।

ती सामानहरु हङकङ र थाइल्यान्डबाट नेपालमा आउने गरेको र नेपालमा बसेर उनीहरु बिक्रि वितरण गर्दै आएका थिए । उनको यात्रा पनि हङकङ हुँदै चीनसम्म पुगेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘सन् १९९५ देखि खड्काका भिनाजु व्यापारका लागि पहिलोपटक चीन आउजाउ गर्न थाल्नुभयो । दाई सन् २००० मा चीन आइपुग्नु भएको थियो । त्यसयता चीनबाट सामान ल्याउने र बिक्री गर्ने क्रम बढ्दै गयो । र म आफु पनि पहिलो पकट सन् २००२ मा पहिलोपटक राजकुमार चीनको यिवु सहर आइपुगे ।’

त्यस सयमसम्म पनि चीन वस्तु निर्यातमा त थियो नै । तर पूर्वाधारमा भने निकै कमजोर नै रहेको उनी सम्झन्छन् । उनी भन्छन्, ‘त्यो समयमा यिवु सहर होइन, गाउँजस्तो थियो, काठमाडौँ भन्दा सानो लाग्थ्यो ।’ संरचनाहरु पनि राम्रो बनेको थिएन । बाटोघाटो पनि राम्रो थिएन ।

चीनले उदारीकरण र खुलापनको सुरुआती चरण पार गरिसकेको बेला खड्का चीन पुगेका थिए । व्यापार गर्न चाहनेका लागि ग्वान्झौ, सांघाई तथा शेन्जेन प्राथमिकतामा थिए, तर यिवुमा त्यो प्रभाव पुगेको थिएन । तर खड्काले यिवुमा बस्ने निर्णय गरे । सुरुमा केही समय अन्य सहरमा बसेका उनी यिवु नै पछि रोजे । उनी भन्छन्, ‘यहाँ आउने नेपाली व्यापारीहरूमा सम्भवतः म पहिलो-दोस्रोमै पर्छु ।’

उनी सुरुमा आउँदाका विषयहरु सम्झदै भन्छन्, ‘यिवु काठमाडौँ जस्तै पहाडले घेरिएको सहर हो । त्यो समयमा विदेशीहरू अति नै कम थिए । विदेशी देखेपछि स्थानीयहरू अचम्म मान्थे र भेटेपछि खाना खान बोलाउँथे । उनीहरूको मैत्रीपूर्ण व्यवहारले मलाई यहाँ बस्न मन लाग्यो ।’

उनले यिवु आउँदा त्यहाँ २७ तलाको एउटा मात्र भवन थियो । फुतियान बजारको पहिलो चरण निर्माणाधीन थियो । अहिले भने यिवुमा  २७ तलाभन्दा अग्ला घरहरू अनगिन्ती छन्। उपभोग्य सामानको होलसेल कमोडिटी बजार १८ किलोमिटर फैलिएको छ, जहाँ १ लाखभन्दा बढी पसल छन् । विश्व व्यपारमै यिवुले पहुँच बनाएको छ ।

अहिले यिवुदेखि युरोपको स्पेनसम्म रेल चल्छन् । जसले सामान १७ दिनमा र्पुयाउँछ । खड्का चीन आउँदा भारत–चीनबीच सिधा व्यापार हुँदैनथ्यो । नेपाल माध्यम बन्थ्यो । सन् २००६ देखि चीन–भारत सिधा व्यापार सुरु भएपछि धेरै भारतीय व्यवसायीले फड्को मारेका छन् ।

खड्का भने अहिले नेपाल जोडिएर हार्डवेयरको व्यवसाय गर्दै आएका छन् । उनी चीनमा बसेर आयात–निर्यातको व्यापार संलग्न छन् भन्दा पनि फरक गर्दैन । अष्ट्रेलियाबाट वाइन ल्याएर चिनियाँ बजारमा बिक्री गर्छन् भने चीनबाट अन्य देशमा सामान पठाउँछन्। नेपालबाट पनि केही सामान चीनमा लगेर बिक्री गर्ने जमर्को गरिरहेका छन् ।

दुई दशकको अनुभवमा खड्काले चीनमा व्यापार गर्न सजिलो रहेको बताए । यिवुमा मात्रै १०० जति नेपाली व्यापारमा संलग्न छन्

उनका अनुसार चीनमा कम्पनी तथा व्यवसायको एकद्वार नीति छ । सबै प्रक्रिया अनलाइनबाट हुन्छ । धेरै चिनियाँ लगानीकर्ता र पर्यटकलाई नेपाल ल्याउन उनले पहल गरेका छन् पछिल्लो समय नेपालमा चिनियाँ लगानी र पर्यटकको संख्या बढेको छ । तर खड्काका अनुसार यसलाई अझ सहज बनाउन नीति र हवाई उडानको पूर्वाधारमा सुधार आवश्यक छ ।

यहाँको वातावरण बुझेका र व्यवसायमा जमेका खड्काले दाम सँगसागै नाम समेत कमाएका छन् । चिनियाँ पक्षले पनि उनलाई नै धेरै सम्झने गर्छ । भने यिवुमा आउने नेपालीले पनि धेरै सम्झने उनलाई नै हो ।

यिवुमा मात्रै नभई अन्य सहरमा बस्ने नेपालीलाई समस्या पर्दा उनलाई नै धेरै सम्झन्छन् ।
यसरी सम्झनुमा उनले आफ्नो स्वभाव पनि जोडिन्छ । उनले नेपाली मात्रै नभई भारतीयलाई समेत यिवुको व्यवसायमा जोडे । चिनियाँ भाष र अंग्रेजी भाषाको मध्यस्थता गर्ने उनलाई माध्यम बनाएर धेरै भारतियहरु समेत उनीसँगसँगै जोडिए ।

ती भारतीयहरु अहिले आर्थिक दृष्टिकोणले धेरै माथि समेत गैसकेका छन् ।

अहिले उनी यिवुमा उनी नेपालको एक सरकारी संयन्त्र जस्तो छन् त्यहा जे परेपछि सोधी खोजी हुने उनी नै हुन् । खड्काले आफुले मन पराएको सहर यिवु हो । उनलाई पनि यिवुले धेरै मनपराएको छ ।
उनलाई चिनियाँहरूले वाङ् च’ भन्छन् । उनी अहिले चीनमा नेपाली समुदायको विशेष सल्लाहकारका रुपमा कार्यरत छन् । उनी यिवु फरेन रिलेटेड पीपल्स मेडिएसन कमिटीमा मेम्बर, छोउछंग पुलिस स्टेशनका मेडिएटर, यिवु सिटी डिपार्टमेण्ट अफ सेक्युरिटी ब्यूरोका गोल्ड मेडलिष्ट भोलेण्टियर, चि मिंग सान कम्युनिटीका मेडियटर र सल्लाहकार, दोंग्चो कम्युनिटीका सल्लाहकार र मेडियटर, नेपाल चेम्बर अफ कमर्शका पूर्वी चिनका लागि ब्यापार प्रतिनिधि, फरेन ब्रान्च ग्रुप अफ बिल्डीङ ए ब्यूटीफूल यिवु सिटी प्रमोशन एशोसियसनका मेम्बर समेत रहेका छन् । त्यसैगरी यिवु सहरबाट “बेष्ट भोलिन्टियर” र “फ्रेण्डसिप अवार्ड” पाएका छन् ! त्यसैगरि उनी चिन्ह्वा सहरका “फ्री वेस्ट एम्वेसडर” पनि हुन् ।

नेपालबाट त्यहाँपुग्दा पनि नेपालीले सम्झने र चिनियाँले पनि सम्झने व्यक्तिको रुपमा उनी छन् । आफू सानो हुंदा छरछिमेकका युवा देखि बृद्धहरू केही समस्या पर्दा आफ्नो आमाकहां सरसल्लाह र सहयोग माग्न आउने गरेको र त्यसको समाधान पाउॅदा उनीहरू सबैले साथै आफ्नी आमाको भन्दा ठूलो उमेरकाले पनि सम्मानले “आमा” नै भन्ने गरेको उनी सम्झन्छन् ! कुल जनसंख्या ३५ लाख रहेको चीनको यस यिवु सहरमा १५० भन्दा बढी देशका २० औं हजार बिदेसी पनि रहेका छन् । र यो सहर विश्व प्रसिद्ध ब्यापारिक सहर पनि भएकोले बिदेशी संलग्न कुनैपनि आर्थिक लेनदेनका ठूल्ठुला समस्या देखि घरायसी स-साना समस्या र बादविवादमा पनि उनीलाई बोलाइने गरिन्छ र उनी आफू संलग्न भएर त्यस प्रकारका सयौं विवादित समस्या समाधान गर्न पाएकोमा र आफ्नी आमाकै पथमा आफू हिड्न पाएकोमा आफूलाई भाग्यमानी ठान्दछन् ! यस विषयमा चिनबाट प्रसारित हुने विभिन्न पत्रपत्रिका र टिभीहरूमा पनि उनले यस कुराहरू उल्लेख गर्ने गरेका छन् । यसरी हेर्दा उनी त्यहाँ बसेर व्यवसाय मात्रै गरिरहेका देखिदैन । एक नेपालीको नाताले उनलाई हेर्दा मान र शान सहित उनी यिवुमा बसोवास गरिरहेका छन् ।

 

प्रतिक्रिया

हेडलाइन्स