सुनको मूल्यमा गिरावट, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार २ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ४ सय रूपैयाँले घटेर १ लाख ९० हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १ हजार ९६० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स