काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८३ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ९१५ रूपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १ हजार ९३० रूपैयाँ कायम भएको छ ।