काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रूपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर १ लाख ८९ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार १० रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर २ हजार रूपैयाँ कायम भएको छ ।