बढ्यो सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रूपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख ९० हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ९६५ रूपैयाँ कायम भएकोमा आज ४५ रूपैयाँले बढेर २ हजार १० रूपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया

हेडलाइन्स