सुनको मूल्यले फेरि बनायो अर्को रेकर्ड, तोलामा कति पुग्यो ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य २७ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ७ सय रूपैयाँले बढेर १ लाख ८७ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो हाल सम्मकै उच्च हो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९४५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १ हजार ९५५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स