३/३ रुपैयाँले घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।

निगमले आज एक विज्ञप्ती जारी गरेर पेट्रोल र डिजेलको मूल्य ३/३ रुपैयाँले घटाएको हो ।

इण्डियन आयल कर्पोरेशनले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएपछि नेपाल आयत निगमले पनि मूल्य घटाएको हो ।

आज रातिदेखि पेट्रोल प्रतिलिटरको १६० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १४६ रुपैयाँ कायम भएको छ ।

यसअघि पेट्रोलको मूल्य प्रतिलिटरको १६३ रुपैयाँ र डिजेलको मूल्य १५९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

हेडलाइन्स