काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य १७ सय रूपैयाँले घटेको छ ।
आइतबार, (चैत ३१ गते) छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार रूपैयाँ कायम भएकोमा आज १ हजार ७ सय रूपैयाँले घटेर १ लाख ८४ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १ हजार ९४५ रूपैयाँ कायम भएको छ ।