काठमाडौं । नेपाल आयल निगम लिमिटेडको ४३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा चैत्र २९ गतेका दिन सम्पन्न भएको हो ।
निगमले आ.व. २०८०/८१ मा ३ खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गरेको थियो भने ३ खर्ब ६४ अर्ब ५२ करोड बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो।
उक्त आ.व. २०८०/८१ मा निगमले ९ अर्ब ५५ करोड नाफा गरेको छ।