काठमाडौं । २०८१ सालको अन्तिम दिन छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।
आइतबार छापावाल सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार रूपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख ८६ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९०५ सय रुपैयाँ कायम भएकोमा आज ५५ रूपैयाँले बढेर १ हजार ९६० रूपैयाँ कायम भएको छ ।