काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादन बढाएर निर्यात बढाउन पर्ने आवश्यकता रहेकोले व्यवसायीहरुलाई यस तर्फ ध्यान दिन आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५९औं साधारण सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले उद्योग क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको दाबी गरेका छन् ।
कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले ‘आगामी आवको बजेट ल्याउने तयारी भइरहेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि अर्थतन्त्र सुधार हुने खालका सुझाव दिनुहुन आग्रह गर्दछु ।’
उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकता रहेको समेत उनले दाबी गरे । ‘लगानीको वातावरण बनाउन सरकारले सुधारका कदमहरू चालिरहेका छन् । कानुन सुधार गरेका छौ ।’ उनले भने, ‘लगानीका लागि अप्ठ्यारो परेका बाटोहरूमा सुधार गरेका छौं ।’