काठमाडौं । ट्रेड टावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चैत २५ गते आईपीओ निष्काशन गर्नका लागि अनुमति प्रदान गरेको हो ।
अनुमति पाएसँगै अब कम्पनीले ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको १०० रूपैयाँ अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ जारी गर्नेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।