काठमाडौं । आइतबार छापावाल सुनको मूल्य १९ सय रूपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ९ सय रूपैयाँले घटेर १ लाख ७४ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ८७० रुपैयाँ कायम भएकोमा आज ७० रूपैयाँले घटेर १ हजार ८ सय रूपैयाँ कायम भएको छ ।