काठमाडौं । सुनको मूल्य वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूलय वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट भएको छ ।
छापावाल सुन शुक्रबार १ लाख ७६ हजार २ सय प्रतितोला कारोबार भएकोमा आज ६ सय रुपैयाँ बढेको हो ।
महासंघका अनुसार आज १ लाख ७६ हजार ८ सय प्रतितोलामा कारोबार भएको हो ।
चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला २ हजार ४० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज २ हजार २५ रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
