काठमाडौं । बुधबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख ७३ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १ हजार ९९० रूपैयाँ कायम भएको छ ।