घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर १ लाख ७४ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार ५० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर २ हजार ४५ रूपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया

हेडलाइन्स