काठमाडौं । सोमबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रूपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख ७० हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १९ सय ८५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।