काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रूपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर १ लाख ७० हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १९ सय ८५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १९ सय ९० रूपैयाँ कायम भएको छ ।