काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ४ सय रूपैयाँले बढेर १ लाख ६९ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १९ सय १५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १९ सय ४० रूपैयाँ कायम भएको छ ।