काठमाडौं । मंगलबार छापावाल सुन ७ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले बढेर १ लाख ६९ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १९ सय ७० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।