काठमाडौं । बुधबार छापावाल सुनको २७ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ७ सय रूपैयाँले घटेर १ लाख ६७ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १९ सय ४५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १९ सय ३० रूपैयाँ कायम भएको छ ।