काठमाडौं । सोमबार छापावाल सुनको १४ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ४ सय रूपैयाँले बढेर १ लाख ६९ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १९ सय ६० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १९ सय ७५ रूपैयाँ कायम भएको छ ।