काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्म कम्पनीले ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १३.४९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ४२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले १ अर्ब ९४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो गत अवको सोहि अवधिको तुलनामा ५.५१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले १ अर्ब ८४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
गत आवमा कम्पनीको कुल खर्च १ अर्ब ४१ करोड रहेकोमा अहिले १ अर्ब ३९ करोडमा झरेको छ ।
९ करोड २१ लाख रुपैयाँ सेयर पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ४ अर्ब १७ करोड रुपैयाँ जम्मा भएको छ ।
समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २ हजार ९७ रुपैयाँ (वार्षिक), प्रतिसेयर नेटवर्थ ४ हजार ६४१ रुपैयाँ कायम भएको छ ।