काठमाडौं । बुधबार छापावाल सुनको २२ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज २ हजार २ सय रूपैयाँले बढेर १ लाख ६६ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १९ सय ३० रुपैयाँ कायम भएकोमा आज ४५ रूपैयाँले बढेर १९ सय ७५ रूपैयाँ कायम भएको छ ।