सरकारको उच्च प्राथमिकता र प्रतिवद्धता भएको अनुभुति निजी क्षेत्रले गरेको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायिक वातावरण निर्माणको लागि सरकारको उच्च प्राथमिकता र प्रतिवद्धता भएको अनुभुति निजी क्षेत्रले गरेको बताएका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राजस्व चुहावट नियन्त्रण र भिसिटिएस सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

अध्यक्ष ढकालले वर्तमान सरकारले अध्यादेशमार्फत दुई दर्जन बढी कानूनमा एकै पटक गरेको संशोधनले सरकार सकारात्मक व्यवसायिक वातावरण निर्माणको लागि उच्च प्राथमिकता र प्रतिवद्धता सरकारमा रहेको अनुभुति निजी क्षेत्रले गरेको उल्लेख गरेका छन् ।

उनले सरकारले आर्थिक तथा लगानीको वातावरण सुधार र लगानी अभिवृद्धिका लागि अध्यादेश जारी गर्नु निजी क्षेत्रले स्वागत गरेको बताए । उनले सरकारले अध्यादेशम संशोधन भएका कानूनहरुको नीति र कार्यावाध उनले सरकारले अध्यादेशमार्फत संशोधन भएका कानूनहरुको नीति र कार्यविधि तत्काल बनाएर कार्यान्वयन गर्न जरुरी रहेको बताए ।

उनले सरकारले नीति क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न नसके निजी क्षेत्रले काम गर्ने वातावरण नबन्ने र परिणाम पनि राम्रो नआउने उल्लेख गरे । उनले पछिल्लो समयमा मुलुकको अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिएको दाबी गरे । उनले अर्थतन्त्रका वाह्य र आन्तरिक सूचकहरु सकारात्मक लयमा आएको देखिएको बताए ।

उनले गत वर्षको तुलनामा आयात ७.१ प्रतिशत र निर्यात ३१.८ प्रतिशत र निक्षेप ३.७ प्रतिशत र निजी क्षेत्रमा लगानी कर्जा ५.३ प्रतिशत, राजश्व संकलन १२.७ र खर्चमा १७.८ प्रतिशतले वृद्धिले बजार चलायमान भएको प्रारम्भिक संकेत देखिएको उल्लेख गरे ।

उनले उद्योगमैत्री वातावरण निर्माणको निम्ति सबै निकायहरुको सामुहिक समन्वय र सहकार्यको आवश्यकता रहेको बताए । उनले नियमनकारी निकाय राजश्व अनुसन्धान विभागको भुमिका सन्तुलित र समन्वयकारी हुनुपर्ने महासंघको धारणा रहेको उल्लेख गरे । उनले सरकारको भुमिका अर्थतन्त्र चलायमान बनाउने तर्फ लक्षित हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

हेडलाइन्स