काठमाडौं । सोमबार पनि छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १९ सय १० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १८ सय ९५ रूपैयाँ कायम भएको छ ।