काठमाडौं । आइतबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १९ सय १५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १९ सय १० रूपैयाँ कायम भएको छ ।