पेट्रोलियम पदार्थको मूल्य बढ्यो , कति पुग्यो ?

काठमाडौं । पेट्रोलको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमको अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेलको मूल्य ४ रुपैयाँ वृद्धि भएको हो ।

शुक्रबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ पर्छ । डिजेल र मट्टितेल प्रतिलिटर १६० रुपैयाँ पर्ने भएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढेको छ ।

प्रतिक्रिया

हेडलाइन्स